५१ अंकले घट्यो नेप्से, कारोबार आठ अर्बमा सीमित

९ असार २०७८, बुधबार १५:२२

काठमाडौं । देशको कूल ग्राहस्थ उत्पादनलाई उछिनेर पुँजिकृत भएको नेपालको पुँजि बजारमा शेयर मूल्य सूचांक ५१ अंकले घटेको छ । मंगलबार नेप्से ५१ अंकले घटेर २८६२.१८ अंकमा सीमित हुन पुगेको छ । तीन हजार छोएको नेप्से केही दिनदेखि घट्ने क्रममा रहेको छ ।

बजार उच्च बिन्दुमा पुगेकाले अब लगानीकर्ताहरुले शेयर बिक्री गरेको अनुमान गरिएको छ । मंगलबार नेप्से र कारोबार दुवै घटेका छन् । नेप्सेमा मंगलबार जम्मा आठ अर्ब ३६ करोड २७ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो यसअघिको तुलनामा आधा मात्रै हो । यसअघिको साता दैनिक १९ अर्बसम्म कारोबार भएको थियो ।

आज सबै उपसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा कम लगानी क्षेत्रमा घटेको छ । त्यस्तै भन्दा धेरै विकास बैंक समुहको ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत क्षेत्रको २.४७ प्रतिशतले गिरावट आएको छ । त्यस्तै जीवन बीमा क्षेत्र र निर्जिवन बीमा दुवै क्षेत्रको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*