बोनस शेयर दिने घोषणा गरेकै भोलिपल्ट पुनर्बीमाको शेयर कारोबार ह्वात्तै घट्यो, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी

९ असार २०७८, बुधबार १५:३६

काठमाडौं । २० प्रतिशत लाभांश दिने घोषणा गरेको भोलिपल्ट नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद बिक्री ह्वात्तै घटेको छ । कम्पनीले बुक क्लोजको मिति तय नगरेको अवस्था र शेयर बजार ढल्न सक्ने त्रासका बीचमा साढे १६ प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार ह्वात्तै घटेको हो ।

हिजो एकै दिन डेढ अर्बको कारोबार भएको पुनर्बीमा कम्पनीको आज जम्मा ५४ करोड ३० लाख ३६ हजार ६०३ रुपैयाँको शेयर कारोबार भएको छ । सो कम्पनीको शेयर कारोबार उच्च हुने अनुमान विपरित आज शेयर कारोबार घटेसँगै मूल्य समेत उच्च अंकले घट्न पुगेको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिको दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको ४२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, राधी हाइड्रोपावर कम्पनीको ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा हाइड्रो इलेक्ट्रीसिटी ३० करोड, हिमालयन डिस्ट्रलरीको १५ करोड, अरुण भ्याली हाइड्रोपावर १३ करोड, नेपाल टेलिकम १३ करोड, ज्योति विकास बैंकको १२ करोड र नबिल बैंकको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*