यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

९ असार २०७८, बुधबार १५:५०

काठमाडौं । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार पाँच सय ३२ शेयर कित्ता खरिद बिक्री भएको छ । लगातार घटेको बजार हिजो पुनः लयमा फर्किए पनि आज फेरि ओरालो लागेको हो।

नेप्से ५३ दशमलव ३३ अंकले घट्दा रादी विधुत कम्पनीको ९ दशमलव ७१ प्रतिशत, डाङी गु्रपको ९ दशमलव ९ प्रतिशत, छायाङ्दी हाइड्रोपावरको ६ दशमलव ५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६ दशमलव १६ प्रतिशत, घलेम्दी हाइड्रोको ६ दशमलव २ प्रतिशत र आँखु खोला जलविधुतको ४ दशमलव २३ प्रतिशत अकंले वृद्धी भएको छ ।

त्यस्तै कालिका पावर कम्पनीकोे ५ दशमलव ६० प्रतिशतले शेयर भाउ घटेको छ।नेपाल फाइनान्सको ५ दशमलव ४८ प्रतिशत, मन्जुश्री पाइनान्सको ५ दशमलव १४ प्रतिशत, नेपाल हाईड्रो डेभलपर्सको ५ दशमलव ०८ र अरुण काबेली पावरको ५ दशमलव अकंले शेयर भाउ घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*