कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

९ असार २०७८, बुधबार १७:४२

काठमाडौं । नेप्सेमा आज कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । स्टकमा बैंकको १० प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड– २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*