महालक्ष्मी विकास बैंकद्धारा मिस्डकल कल सेवा संचालन

९ असार २०७८, बुधबार १८:१६

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिस्डकल कल सेवा संचालनमा ल्याएको छ। ।बैंकले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्देे आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ।

यससँगै यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी लिन सक्ने छन् । साथै, उनीहरुले बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्डकल कल गर्न सक्नेछन् । बैंकले मिस्डकल कल गरेपश्चात् बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई कल ब्याक जानकारी उपलब्ध गराउने छन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*