नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१० असार २०७८, बिहीबार ०६:५८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ ।

लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन । लघुवित्तको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*