एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप 

१० असार २०७८, बिहीबार १२:१२

 काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ। बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८ दशमलव ५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब उक्त ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन बिक्री खुल्ला गरेको थियो । जसको समय आज थप गरेको हो ।जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  बैंकले यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।
बैंकको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ। ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*