एनआइसी एसिया सेलेक्ट–३० फन्डको इकाई बिक्रि खुल्ला

१० असार २०७८, बिहीबार १२:४२

काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि एनआइसी एसिया सेलेक्ट–३० फन्डको एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो । लगानीकर्ताले यस इकाईमा असार १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

उक्त अवधिसम्ममा सम्पूर्ण इकाई बिक्रि नभएको खण्डामा असार २४ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*