यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार झनै घट्यो

१० असार २०७८, बिहीबार १५:२४

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सुचिमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्वरमा नै छ । यद्यपि कारोबार रकम भने घटेर ३७ करोड ८३ लाखमा सीमित हुन पुगेको छ । दोस्रो नम्वरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको ३५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको २८ करोड ९२ लाख कोरोबार हुँदा नेशनल हाइड्रोपावरको जम्मा २२ करोड रुपैयाँको कारोबार भएको छ भने हाईड्रोइलेक्ट्रीसिटीको जम्मा १९ करोड रुपैयाँको कारोबार भएको छ ।

आजको सर्वाधिका कारोबार हुने १० कम्पनीहरुको सूचिमा पर्न सफल राधी जलविद्युत कम्पनीको १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको १३ करोड, एनआईसी एसिया बैंकको १२ करोड ९७ लाख रुपैयाँ, निफ्राको १२ करोड ८८ लाख रुपैयाँ मन्जुश्री फाइनान्सको जम्मा १२ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै आज सबैभन्दा कम कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक परेको छ । एभरेष्ट बैंकको प्रेफरेन्स शेयर २१ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*