नेप्से लगातार घट्दै, कारोबार ७ अर्बमा सिमित

१० असार २०७८, बिहीबार १५:३४

काठमाडौं । आज नेप्से १६ अंकले घट्दा कारोबार पनि ह्वात्तै घटेको छ । दुईतिन दिन अघि १० अर्ब भन्दा माथिको कारोबार भएकोमा आज लगभग साढे ७ अर्बको मात्रै कारोबार भएको छ । हिज घटेको नेप्से आज पनि घटेर ७ अर्बमा मात्र सिमित भएको हो ।

आज बिहिबार नेप्से परिसूचक १६ दशमलव ९६ अंकले घटेर २८४३ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचकमा २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज जलविद्युत् समूहमा सर्वाधिक ५५.७६ अंकले बृद्धि भई हरियाली छाएको छ । साथै होटल तथा पर्यटन समूहमा ४१.६९ अंकले बढेर हरियालीमा कायम भएको हो ।

त्यस्तै आज अन्य ११ समूह भने राताम्य भएका छन् । बैकिङ समूहमा ७.३९ अंक, व्यापार समूहमा २६.१७ अंक, विकास बैंक समूहमा ७२.७३ अंक, वित्त समूहमा २९.५ अंक, निर्जीबन बीमा समूहमा १७७.२४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४१.२३ अंक, अन्य समूहमा ३०.६२ अंक, लघुवित्त समूहमा ४९.५८ अंक, जीवन बीमा समूहमा १४३.८८ अंक, म्युचुअल फण्ड समूहमा ०.०३ अंक र लगानी समूहमा १.७३ अंकले गिरावट आई राताम्य भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*