माथिल्लो तामाकोशीमो शेयरमा सर्किट, आजका कमाउने र गुमाउने कम्पनी कुन कुन ?

१० असार २०७८, बिहीबार १६:११

काठमाडौं । साताको अन्तिम दिन नेप्से घट्ने क्रममा रहेको छ । शेयर घटिरहेकै बेला माथिल्लो तामाकोशीको शेयरमा भने आज सर्किट लागेको छ । आज माथिल्लो तामाकोशी हाईड्रोपावरको ९ दशमलव ८८ प्रतिशत अकंले वृद्धी भइ लगानीकर्ताहरुले सबै धेरै कमाएका छन् ।

सबैभन्दा धेरै मूल्यबृद्धि हुनेमा समृद्धी फाइनान्स कम्पनीको ३ दशमलव ६५ प्रतिशत, रुरु जलविधुत प्रयोजनाको २ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको २ दशमलव ३४ प्रतिशत, नेपाल हाईड्रो पावरको २ दशमलव ३३ प्रतिशत र रादी हाईड्रोपावरको २ दशमलव १९ प्रतिशतले वृद्धी भएको छ ।

त्यसैगरी, आज डाङी ग्रुपका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य आज ५ दशमलव ६८ प्रतिशतले तल झरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ५ दशमलव ८ प्रतिशत, बरुण हाईड्रोपावरको ४ दशमलव ६९ प्रतिशत, एनआरएन विकास लिमिटेडको ४ दशमलव ४४ प्रतिशत र कर्णाली विकास बैंकको ३ दशमलव ९३ प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*