ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र कोरोना प्रभावित सदस्यलाई आर्थिक सहयोग

१० असार २०७८, बिहीबार १७:३३

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेको छ ।संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*