एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

११ असार २०७८, शुक्रबार १२:१३

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६ सय ९६ कित्ता, महुली लघुवित्तको ५५ हजार ५ सय ७० कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १ सय ९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६ सय ६८ कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो ।

नेशनल माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ४४ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।महुली लघुवित्तको शेयर न्यूनतम मूल्य ७ सय ८६ रुपैयाँ, आरएमडिसीको ४ सय ७७ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५ सय ७५ रुपैयाँतोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदकले बोलपत्र पेश गर्दा महुली लघुवित्तको न्यूनतम ५ सय कित्ता लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम शेयर संख्याको लागि हद नलाग्ने क्यापिटलले जनाएकोृ छ ।

त्यसै, मेरो माइक्रोफाइनान्स,महुली लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने क्यापिटलले जानकारी दिएको छ। चार कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*