नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

११ असार २०७८, शुक्रबार ०९:०१

नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)को स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो ।

इच्छुक लगानीकर्ता अर्थात बीमा कम्पनी वा बैंक तथा वित्तीय संस्था कम्पनीले सो लिलामी शेयर खरिदका लागि असार १८ गतेसम्ममा गोप्य शिलबन्दी पेश गर्न सकिने कोषले जनाएको छ ।

आवेदकले सो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको कोषले जनाएको छ ।

यस लिलामी शेयरको न्युनतम मूल्य १ हजार २ सय तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभनदा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्ने जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*