असार ३१ गते चौथो बार्षिक साधारण सभा गर्ने आँधिखोला लघुवित्तको निर्णय

११ असार २०७८, शुक्रबार ११:२९

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा यहि असार मसान्त (असार ३१) गते गर्ने निर्णय गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै होटल गाँउवेशीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ः३० बजे सभा गर्ने जनाएको छ ।
कम्पनीको चौथो साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीम संशोधन गर्ने, संशोधनको निर्देशन भएमा सोही बमाजेमि थपघट, परिमार्जन वा संशोधन गर्नका लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रन्योजन गर्ने, एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति हुने प्रायोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने जस्ता एजेण्डाहरु रहेका छन् ।

साथै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले जारी गरेको सूचना अुनसार चौथो साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । जसअनुसार १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*