असार २० गतेदेखि ज्योति विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

११ असार २०७८, शुक्रबार १२:३९

काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

बैंकले बिक्री खुल्ला गर्न लागेको १ हजार रुपैयाँको दरमा १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्न लागेको हो । सो ऋणपत्रध्ये ६ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।

सर्वसाधारणका हितमा छुट्याएको मध्येबाट ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी रहेको ५ लाख ७० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले बिक्री खुला गर्न लागेको ‘ज्योति विकास बैंक बन्ड २०८७’ को ब्याजदर वार्षिक ९ प्रतिशत हुनेछ ।

इच्छुक लगानीकर्ताले सो ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल रहको छ । उक्त ऋणपत्रमा ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका सम्पूर्ण शाखा कार्यलयहरुबाट आवेदन दिन सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*