कुमारी इक्वीटी फण्डको नाफा बढ्यो

११ असार २०७८, शुक्रबार १३:३५

काठमाडौं । कुमारी इक्विटी फण्डले जेठ मसान्तसम्मको वित्तीय विवरण आज (असार ११ गते) शुक्रबार सार्वजनिक गरको छ ।
कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित सो फण्डले सार्वजनिक गरेको विवरणमा जेठ मसान्तसम्म योजनाको न्याभ १० दशमलव ७६ रहेको छ ।

वैशाख महिनामा यस योजनाको न्याभ १० दशमलव ३४२ थियो । यस योजनाको नाफा वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा १२२ प्रतिशतले वृद्धि भएको विवरणमा देखिएको छ ।

कुमारी इक्वीटी फण्ड योजनाले वैशाख मसान्तमा ३ करोड ४२ लाख १७ हजार नाफा कमाएको थियो भने जेठ मसान्तमा वृद्धि भएर ७ करोड ६२ लाख ४७ लाख पुगेको हो ।

त्यस्तै जेठ मसान्त सम्ममा सो फण्डको सूचीकृत शेयरमा ५६ करोड २१ लाख ३३ हजार रहेको छ भने यो लगानी वैशाख महिनामा ४० करोड ७१ लाख ४७ हजार रहेको थियो । कुमारी इक्वीटी फण्डले जेठ महिनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि र नाफामा वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*