तेह्रथुम पावर कम्पनीले आइपीओ निष्काशनको लागि बोर्डबाट पायो अनुमति

११ असार २०७८, शुक्रबार १७:१७

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
कम्पनीले असार १० गते बिहिबार आइपीओ निष्काशन तथा बिक्री गर्न सेबोनबाट अुनमति पाएको हो । अनुमतिपश्चात् अब कम्पनीले ४० लाख कित्ता आइपीओ निष्काशन गर्नेछ ।
कम्पनीले पहिलो र दोस्रो चरण गरी आइपीओ निष्काशन गर्न लागेको हो । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गर्नेछ ।
लगत्तै दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*