जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब पाँच गुणा बढीको आवेदन

११ असार २०७८, शुक्रबार १८:०१

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कशन गरेको पहिलो दिनमै मागभन्दा पाँच गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ८ सय ४४ जना आवेदकबाट ९४ करोड ७१ लाख २४ हजार रुपैयाँ बराबरको ९४ लाख ७१ हजार २ सय ४० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो ।

कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

यो आईपीओ पहिलो दिनमै विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*