मञ्जुश्री फाईनान्सले माग्यो १२ शाखाका लागि कर्मचारी

१३ असार २०७८, आईतवार ११:२७

काठमाडौं । मञ्जुश्री फाईनान्सले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले आफ्ना १२ वटा शाखाको सहायक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीको जानकीनगर, भैरहवा, नयाँगाउँ, मुर्गिया, मनिग्राम, भरतपुर, टाँडी, पर्सा बजार, गैँडाकोट, इनरुवा, झुम्का र विराटचोक गरी १२ शाखाका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार सो पदका लागि व्यवस्थापनमा स्नातक तह उत्र्तिण गरेको ३५ बर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक ब्यक्तिले आफ्नो विवरण तथा निवेदन शाखा उल्लेख गरी सूचना प्रकाशन मितिको सात दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*