अपि पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै

१३ असार २०७८, आईतवार ११:४०

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो शेयरमा आवेदन दिन आज असार १३ गतेसम्मको मिति तोकेको थियो । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको हो ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यस हदप्रद शेयरमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकको तोकिएका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस हकप्रद निष्काशनको लागि कम्पनीले गत वैशाख २९ गते बुकक्लोज गरेको थियो । यसअनुसार वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका यस कम्पनीका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*