डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान

१३ असार २०७८, आईतवार १२:१८

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ ।

क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क प्रत्येक आ.व. १०० (अक्षरुपी सय माात्र) का दरले भुक्तानी गर्न अनुरोध गरेको छ ।

क्यापिटलले असार मसान्तसम्ममा सो शुल्क कम्पनीमा आई बुझाउन वा ग्लोबल आइएमई बैंकका आफुलाई पायक पर्ने नजिकका शाखा कार्यालयमा गई बुझाउन अनुरोध गरेको हो ।

कसरी गर्ने भुक्तानी ?
ग्लोबल आइएमई बैंकले विभिन्न डिजिटल भुक्तानीद्धारा डिम्याट खाता नविकरण गर्न सकिने जनाएको छ ।
– आइएमई पे
– ई–सेवा
– कनेक्ट आइपीएस
– ग्लोब आइएमई बैंकको ई–बैकिङ सेवा

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*