सुन र चाँदीमा सामान्य बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

१३ असार २०७८, आईतवार १२:३१

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य सामान्य बढोत्तरी भएको छ । आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदाी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*