ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

१३ असार २०७८, आईतवार १२:३३

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम त्रि।वि रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त वृक्षारोपण कार्यक्रम गरेका थिए ।

क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब ३ सय धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*