नबिल इन्भेष्टमेन्ट बैंकिङमा निशुल्क डिम्याट खाता, यसरी खोलौं निःशुल्क डिम्याट

१३ असार २०७८, आईतवार १३:५२

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्न पाइने सुविधा ल्याएको छ ।

बैंकले शेयरबजारमा लगानी गर्न चाहनेहरुका लागि निशुल्क डिम्याट खाता संचालनमा ल्याएको हो । बैंकले निषेधाज्ञाको समयमा बैंकमा नै गई खाता खोल्न झन्झट हुने भएकोले अनलाईनमार्फत असार मसान्तसम्म निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्ने सुविधा ल्याएको हो ।

डिम्याट खाता खोल्न चाहनेहरुले कम्पनीको चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्न पाउने सुविधा रहेको बैंकले जनाएको छ ।

पछिल्लो समय सक्रिय हितग्राही खाता १८ लाख भन्दा बढि छन् । पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढिरहेको समयमा सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने हेतुले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ ।

कसरी खोल्ने डिम्याट खाता ?
पुँजीबजारमा लगानी गर्न चाहनेहरुका लागि नबिल इन्भेष्टमेन्ट बैकिङले असार मसान्तसम्म निःशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्ने सुविधा ल्याएको छ जसका लागि इच्छुक व्यक्तिले बैंकको वेबसाइट www.nabilinvest.com.np मा गई अनलाईन डिम्याट भित्र onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सकिन्छ ।

खाता खोलिसकेपछि प्राप्त रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ । यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*