७ अर्बको कारोबार हुँदा २७ अंकले बढ्यो नेप्से

१३ असार २०७८, आईतवार १५:१७

काठमाडौं । साताको पहिलो दिन नेप्से २७ अंकले बढेको छ । आज आइतबार नेप्से परिसूचक २७ दशमलव १७ अंकले बढेर २८७० दशमलव १८ विन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो हप्ताको तुलनामा कमी हो । अघिल्लो हप्तामा नेप्सेमा १० अर्ब भन्दा माथिको कारोबार भएको थियो ।

नेप्से समूहमा रहेको १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज जलविद्युत कम्पनी समूहमा ७६.८१ अंकले बढेर सर्वाधिक कारोबार गर्न सफल भएको छ । त्यसलगत्तै बैकिङ समूहमा ३८.२६ अंक, व्यापार समूहमा ४७.२८ अंक, उत्पादन तथा प्रशोधन समूहमा २८.६५ अंक, अन्य समूहमा ५.४ अंक, लघुवित्त समूहमा ४.९ अंक म्युचुअल फण्ड समूहमा ०.०८ अंक र लगानी समूहमा ०.५३ अंकले बढेर हरियाली छाएको छ ।

त्यस्तै आज ५ समूह भने राताम्य भएको छ । जीवन बीमा समूहमा १२.९६ अंक, निर्जीबन बीमा समूहमा ४०.५१ अंक, वित्त समूहमा ३९.२७ अंक, विकास बैंक समूहमा ५९.४१ अंक र होटल तथा पर्यटन समूहमा ४२.८५ अंकले घटेर आज यी ५ समूह राताम्य भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*