यी हुन् आज उच्च शेयर कारोबार हुने कम्पनी

१३ असार २०७८, आईतवार १५:२९

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारले उकालो यात्रा गरेको छ । केहि साता अघिदेखि निरन्तर ओरालो यात्रा तय गरेको बजारले आज भने सो यात्रालाई ब्रेक गर्दै नयाँ लयमा फर्किएको हो ।आज कूल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा हरियाली छाँउदा आज नेशनल हाईड्रोपावर, सेञ्चुरी कर्मसीयल बैंक, नेपाल रि–इन्स्योरेन्स, एचआइडिसिएल, नेपाल इन्स्योरेन्स, सिभिल बैंक, एनआईसी एशिया बैंक, राधी जलविधुत्, निफ्रा र हिमालयन डिस्टीलरीको आज शेयर बजारमा उच्च कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*