यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१३ असार २०७८, आईतवार १५:३६

काठमाडौं । साताको पहिलो दिन आज नेप्से २७ दशमलव १७ अंकले बढ्दा १६ अर्ब ७४ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।

आज २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब भन्दा माथीको कारोबार भएको हो । आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । सेञ्चुरी कमर्सियल बैंकको ९.९६ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावरको ९.९३ प्रतिशतले बृद्धि भई उच्च कमाउन सफल भएको हो

त्यस्तै इर्दी आइडीआई मार्दी ७.२५ प्रतिशत, रिदि हाइड्रोपावरको ६.२६ र सिभिल बैंक लिमिटेडको ६.०९ प्रतिशत अंकले बृद्धि भएको छ ।


त्यस्तै गुर्खाज फाइनान्सको ४.३७ प्रतिशत, एभरेष्ट बैंक लिमिटेडको ३.९० प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ३.५५ प्रतिशत, रिलायन्स फाइनान्सको ३.३५ प्रतिशत र नारायणी डेभलभमेन्ट विकास बैंकको ३.३२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*