गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डमा दियो आवेदन

१३ असार २०७८, आईतवार १६:१४

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत असार ११ गते धितोपत्र बोर्डमा अनुमति मागेको हो ।

बैंकले १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने छ । बैंकको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*