तेह्रथुम पावरले आइपीओ निष्काशनको लागि सेबोनबाट पायो अनुमति

१३ असार २०७८, आईतवार १६:४६

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ  कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री गर्न सेबोनबाट अनुमति पाएको हो ।
कम्पनीले कुल १२ लाख कित्ता मध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआएबीएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*