ग्लोबल आइएमई लघुवित्तद्धारा विपत्तीमा परेका ग्राहकहरुलाई आर्थिक सहयोग

१३ असार २०७८, आईतवार १७:०२

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देश भरी विभिन्न स्थानमा भएको दैवि विपत्तीलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अहिलेसम्म ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग गरेको हो ।

मनाङ र मेलम्चीका बाढी पिडितलाई आफ्ना सदस्यलाई पाँच लाख १९ हजार र कोरोना संक्रमणलाई औषधोपचारका बापत २६ लाख ४४ हजार ४५० सहयोग गरेको संस्थाले जनाएको छ ।
त्यसैगरी ६५ हजार ४३९ लाई ऋण प्रदान गर्दा छ अर्ब १५ कर्जा लगानी गर्दा दुई अर्ब छ करोड बचत संकलन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*