एनएमबि लघुवित्तले एसबी सोलुसन्सको सहकार्यमा ऋण अटोमेसन प्रणाली संचालन गर्ने

१३ असार २०७८, आईतवार १७:०६

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको छ ।लघुवित्तले एसबी सोलुसन्स प्रालिको सहकार्यमा के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको हो ।

उक्त सम्झौतापत्रमा एसबीका अध्यक्ष विपुल ढकाल र संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले सम्झौता हस्ताक्षर गरेका हुन् ।अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्क जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्न र क्रेडिट एक्सको थालनीले संस्था पूर्ण रुपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुने लघुवित्त संस्थाले जनाएको छ ।

अटोमेसन प्रणालीले जोखिम प्यारामिटर अनुगमन गरेर ऋणी ग्राहकलाई जोखिम न्यूनीकरण र जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*