जीवन विकास लघुवित्तको आइपीओमा १२ गुणा बढीको आवेदन

१३ असार २०७८, आईतवार १७:२९

काठमाडौं । जीवन विकास लघुवित्तले आइपीओ निष्काशन गरेको तेस्रो दिनमा १२ गुणा बढीको आवेदन परेको छ ।कम्पनीको आईपिओमा आईतबार साँझ ५ बजेसम्ममा १५ लाख १२ हजार ३ सय ९४ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

यो आईपीओ तेस्रो दिनमै १२ गुणा बढी विक्रि भैसकेकाले छिटो अवधि असार १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*