आरबिबि मर्चेन्टले एक अर्बको म्युचुल फण्ड निष्काशन गर्ने

१४ असार २०७८, सोमबार ११:३५

काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्ने भएको छ । बैकिङले असार २३ गतेदेखि आरबिबि म्युचुल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो । यो बन्दमुखी योजना हो ।

क्यापिटलले १० वर्षे अवधि रहेको सो फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन तथा बिक्री गरिने म्युचुअल फण्डको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ । सो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको जनाएको छ ।

सो फण्डको लागि लगानीकर्ताले असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सबै इकाई बिक्री नभएको खण्डमा आवेदन मिति लम्बिएर साउन ६ गतेसम्म म्याद थपिने क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*