एनआईसी एशिया क्यापिटलको इण्डेक्स फण्डमा आवेदन दिने आज अन्तिम दिन

१४ असार २०७८, सोमबार ११:५२

काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट ३०’ (इण्डेक्स फण्ड)को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो फण्डमा असार १४ गतेसम्म आवेदन मिति तोकिएको थियो । जसअनुसार आज अन्तिम दिन रहेको छ ।

सात वर्षे अवधि रहेको क्यापिटलको यस फण्ड बन्दमुखि योजना हो । जसमा बैंकले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट यस फण्डमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*