डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आह्वान, असार ३१ सम्म नगरेमा फ्रीज हुने

१४ असार २०७८, सोमबार १२:५०

काठमाडौं । सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंक लिमिटेडले डिम्याट नविकरण शुल्क बुझाउन आह्वान गरको छ । क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट संचालन वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

पुँजी बजारमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको समयमा हितग्राही खाता खोल्नेहरु २० लाख भन्दा बढि रहेका छन् । सक्रिय हितग्राही खाता मात्रै १८ लाखभन्दा बढि छन् । सिद्धार्थ क्यापिटलले वार्षिक शुल्क प्रत्येक आ.व. १०० (अक्षरेपी एक सय मात्र) भुक्तानि गर्नुपर्ने व्यवस्थाअनुसार असार ३१ गतेभित्रमा नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

क्यापिटलले शुल्क बुझाउन सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल स्थित कार्यालय तथा सिद्धार्थ बैंकका सम्पूर्ण कार्यालयहरुमा गई बुझाउन सकिने जनाएको छ । साथै मोवाइल वालेट ई–सेवा, आइएमई पे, खल्ती प्रभु पे र कनेक्ट आइपीएस जस्ता विद्युतीय भुक्तानीको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

तोकिएको समयभित्र डिम्याट नविकरण शुल्क नबुझाएमा हितग्राहीको डिम्याट खाता फ्रिज गरिने क्यापिटलले जनाएको छ । साथै मेरोशेयर सेवा लिएका हितग्राहीहरुले सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा सो सेवा स्वतः बन्द हुने क्यापिटलले जानकारी दिएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*