२५ औं पटक सगरमाथा आरोहण गर्ने रितालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान

१४ असार २०७८, सोमबार १३:३३

काठमाडौँ । लुम्बिनी विकास बैंकले २५ औं पटक सगरमाथा आरोहण गरेर बिश्व किर्तीमान कायम गरेकी कामी रिता शेर्पालाई सम्मानित गरेको छ । उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन ।

बिश्व किर्तीमान आफ्नो लागी मात्र नभएर आफ्नो परिवार,शेर्पा समाज तथा सम्पुर्ण नेपालीका लागि भएको शेर्पाले बताइन् । उनी विगत दुई दशक देखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आवद्ध छन् । बैंका अहिले देशभरका ७२ शाखाहरु, १७ वटा एटिएमबाट आफ्ना करिब दुई लाख ७० हजार ग्राहकलाई सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*