बीमा कम्पनी र बैंकमा अझै निषेधाज्ञाको असर, न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने निर्देशन

१४ असार २०७८, सोमबार १३:५७

काठमाडौं । उपत्यका प्रशासनले भोलिबाट जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपनि बैंक तथा बीमा कम्पनीहरुमा भने निषेधाज्ञाका प्रभाव अझै बाँकी रहने छ ।

आज जारी सूचना अनुसार आगामी असार २१ गतेसम्म बैंक तथा बीमा कम्पनीका कार्यालयहरु सीमित कर्मचारीबाट आलोपालो प्रणालीबाट कार्यालय सञ्चालन गर्नुपर्नेछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा भनिएको छ, ‘बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरी भीडभाड कम हुने गरी बैकल्पिक उपाय अवम्लन गरी सञ्चालन गर्ने ।’

स्थानीय प्रशासनले जोर बिजोर प्रणाली लागू गरेकाले बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु साधनको आभावमा कार्यालय खुल्ला भएपनि आधा जसोले सवारीको बार नपरेको दिन घरैमा बसेर काम गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*