नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्दै

१४ असार २०७८, सोमबार १४:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल असोज १२ गते परिपक्क हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख रहेको छ। बैंकले १ सय ८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पुस १३ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकले यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि (असार १५ गते, मंगलबार) बिक्री हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*