अपर तामाकोशी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१४ असार २०७८, सोमबार १५:१४

काठमाडौं । नेप्सेमा सूचीकृत २ सय १९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर खरिदबिक्रि भएको छ।अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको आज ५२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, रादी जलविधुत् कमपनीको ५२ करोड माथि, एनआईसी एशिया बैंकको ५० करोड माथि र सेञ्चुरी कर्मसीयल बैंकको २८ करोड माथिको शेयर कारोबार भएको छ।एचआईडिसिएल, नेपाल पुनर्बीमा, नेशनल हाईड्रोपावर, प्रभु बैंक र अपी पावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*