नेप्से ५ अंकले बढ्दा साढे ७ अर्ब माथिको कारोबार

१४ असार २०७८, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले मात्र बढेको छ । आज नेप्से परिसूचक ५.०६ अंकले बढेर २८७५ दशमलव ४५ विन्दुमा कायम भएको छ ।

आज २१९ कम्पनीको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर किनबेच हु्ँदा ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ७ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूहमा ११४.४ अंकले बृद्धि भई सर्वाधिक कारोबार भएको छ । लगत्तै बैकिङ समूहमा ६.९५ अंक, होटल तथा पर्यटन समूहमा २०.२७ अंक, जीवन बीमा समूहमा १४.०६ अंक, म्युचुअल फण्ड समूहमा ०.०२ अंक र लगानी समूहमा २.३५ अंकले बढेर हरियाली छाएको हो ।

त्यस्तै आज अन्य ७ समूह भने राताम्य भएका छन् । व्यापार समूहमा ३२.३२ अंक, विकास बैंक समूहमा ७०.५८ अंक, हाइड्रोपावर समूहमा ६५.९५ अंक, वित्त समूहमा ५६.७ अंक, निर्जीवन बीमा समूहमा ३७.२७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.४८ अंक र अन्य समूहमा ३.९ अंकले घटेर राताम्य भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*