प्रभु क्यापिटलद्धारा हितग्राहीलाई डिम्यात खाता नविकरण गर्न आग्रह

१४ असार २०७८, सोमबार १७:४८

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) नविकरण गर्न आग्रह गरेको छ ।
क्यापिटलले प्रभु क्यापिटल वा प्रभु बैंकका शाखाहरुमार्फत डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

आव २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० आगामी साउन १५ भित्रमा बुझाई नविकरण गर्न आग्रह गरेको छ ।

साथै क्यापिटलले तोकिएको समयभित्रमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का गर्ने जानकारी समेत गराएको छ । हितग्राहीहरुले प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंकको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यलयहरु तथा कनेक्ट आईपीएस, इसेवा, प्रभु सेवा आइएमई पे, खल्तीबाट विद्युतीय भुक्तानी गर्न सक्ने क्यापिटलले जनाएको छ ।

साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र ५० रुपैयाँका दरले शुल्क तिरी नबिकरण गरी सक्नुपर्ने क्यापिटलले जानकारी गराएको छ । सो समय अवधिमा नविकरण नभएमा उक्त सेवा बन्द हुने जानकारी समेत क्यापिटलले गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*