राधीको विद्युत कम्पनीको शेयरमूल्य समायोजन

१५ असार २०७८, मंगलवार १०:४२

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको आज शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर आज समायोजन गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

शेयरमूल्य समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८२१ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको शेयर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*