जीवन विकास लघुवित्तको आइपीओमा आवदेन दिने म्याद आज सकिँदै

१५ असार २०७८, मंगलवार ११:०६

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिन असार १५ सम्मको अवधि राखिएको थियो । जसअनुसार उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

पछिल्लो समय सर्वसाधारणको आइपीओप्रति क्रेज बढ्दै गइरहेकोमा सो लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवदेन दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरोशेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*