सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार

१५ असार २०७८, मंगलवार ११:१८

काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपियाँ कायम गरिएको छ । हिजो छापावल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*