एनआईसीको एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर लिलामीमा

१५ असार २०७८, मंगलवार ११:५७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ ।
बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स पाँच कम्पनीको आजदेखि संस्थापक शेयर लिलामीमा आएको हो ।

आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको ५८ हजार ५६८ कित्ता, महुली लघुवित्तको ५५ हजार ७० कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९९६ कित्ता संस्थापक शेयर असार २१ गते सोमबारसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी आजदेखि लिलामीमा आएको हो ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४४१, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ५३१, महुली लघुवित्तको प्रतिकित्ता ७३०, नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० मूल्य तोकिएको छ ।

बोलकबोल गर्दा आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । त्यस्तै महुली लघुवित्तको लिलामी शेयरमा भने न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जनाएको छ ।

यी सबै कम्पनीको शेयर विक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*