सिभिल बैंकको एटिएम स्वीच अपग्रेड गर्न तीनदिनसम्म एटिएम सेवा अवरुद्ध

१५ असार २०७८, मंगलवार १३:११

काठमाडौं । सिभिल बैंक लिमिटेडको भोलीदेखि असार १८ गतेसम्म एटिएम पूर्ण रुपमा बन्द हुने भएको छ ।

बैंकको स्तरोन्नति गर्नुपर्ने भएकोले असार १६ गते साँझ ५ बजेदेखि असार १८ बिहान ५ बजेसम्म ३६ घण्टा एटिएम पूर्ण रुपमा बन्द हुने भएको हो । सो मितिपश्चात पनि एटिएम टर्मिनल क्रमबद्ध रुपमा मर्मत कार्य सूचारु हुने भएकोले असार महिनाको मसान्तसम्म एटिएम सेवामा अवरुद्ध हुने सक्ने बैंकले जानकारी गराएको छ ।

साथै बैंकले सो अवधिमा हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलबाट उक्त सेवा बढीमा ४ पटकसम्म निशुल्क उपभोग गर्न सकिने कुराको समेत जानकारी गराएको छ । बैंकले कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*