एनआईसी एशिया क्यापिटलको सेलेक्ट फण्डमा मागभन्दा धेरै गुणा आवेदन

१५ असार २०७८, मंगलवार १४:५१

काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)’ मा मागभन्दा १.५३ गुणा धेरै आवेदन परेको छ ।
क्यापिटलले असार १० गतेबाट असार १४ गतेसम्म निष्काशन तथा बिक्री गरेको सो फण्डमा मागभन्दा १.५३ गुणा नै धेरै आवदेन परेपछि लगानीकर्ताहरुलाई सूचना जारी गर्दै धन्यवाद समेत दिएको हो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो ।

क्यापिटलप्रति प्राप्त भएको यस विश्वासका कारण क्यापिटललाई अझै सशक्त रूपमा अगाडि बढ्न हौसला मिलेको सूचनामा उल्लेख छ । यस म्युचुअल फण्ड निष्कासन गर्न सहयोग गर्ने धितोपत्र बोर्ड, सिडिएस, मिडियाकर्मी लगायत अन्य सम्बन्धित निकायहरू र सबै आवेदकहरूलाई क्यापिटलका प्रमुख कार्यकारी अघिकृत रमेन्द्र रायमाझीले सूचनामार्फत हार्दिक आभार प्रकट गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*