शेयर बजार राताम्मे हुँदा शेयर कारोबार समेत खुम्चियो

१५ असार २०७८, मंगलवार १५:२५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से ४७ अंकले घटेको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २८२८ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ । जुन हिजोको तुलनामा उच्च गिरावट नै हो । हिजो सोमबार नेप्सेमा साढे ७ अर्ब माथिको कारोबार भएको थियो ।

नेप्सेमा समूहमा रहेको १३ उपसूचक मध्ये एक समूह बाहेकका सबै समूह आज राताम्य भएका छन् । आज लघुवित्त समूहमा २६.४ अंकले बढेर हरियो कायम भएको छ । साथै आज १२ समूह राताम्य भएका छन् । सबैभन्दा आज निर्जीबन बीमा समूहमा २५१.५३ अंकले उच्च गिरावट आएको हो ।

त्यस्तै आज राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख २५ हजार ९५० रुपैयाँको कारोबार भएको हो । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ७८ लाख ५० हजार ५० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा ओरियन्टल होटल लिमिटेड रहेको छ । कम्पनीको आज ५.७६ प्रतिशत अंकले कारोबार बृद्धि भएर सर्वाधिक कमाउन सफल भएको हो । त्यस्तै, गुराँस लघुवित्त संस्थाको ४.२५ प्रतिशत अंकले उच्च कमाउन सफल भएको हो ।

त्यस्तै आज प्रोगेसिभ फाइनान्सले सर्वाधिक गुमाएको छ । कम्पनीले आज ८.५५ प्रतिशत अंकले गुमाएको छ । साथै एचआइडिसिएलले पनि ८.०७ प्रतिशत अंकले आज गुमाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*