नेपाल बैंकले क्रेडिट कार्डको शुभारम्भ

१५ असार २०७८, मंगलवार १७:३३

काठमाडौँ । नेपाल बैंकले न्यूनतम सीमा २० हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म कायम गरी के्रडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले र बैंकका ग्राहक निर्मल प्रधानलाई के्रडिट कार्ड हस्तान्तरण गरी सेवा सुरुवात गरेका हुन । उक्त सेवा भिसा एन्टरनेसलसँगको आवद्धतामा सञ्चालन गरेको सेवा पोस, एटिएम टर्मिनल तथा अनलाइन प्रणलीमार्फत प्रयोग गर्ने सकिनेछ ।

नेपाल लगायत भारत भुटानमा समेत प्रयोग गर्न सकिने सो के्रडिट कार्ड स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिजामा आवद्ध बैंकहरुको एटिएमबाट नगद भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*